प्रहरीले धनुषाबाट साढे तीन क्विन्टल गाँजा बरामद गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट करिब ३ सय ५७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
शनिबार राति प्रहरीले गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ ना-७ ख २२३७ नम्बरको टिपरबाट चालक भागेका थिए।
उक्त टिपरबाट ३४ वटा पोकामा राखिएको साढे तीन क्विन्टल भन्दा धेरै गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
फरार रहेका टिपर चालकसहितको व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
174
Shares

प्रतिक्रिया