समाज


दक्षिण कोरियामा फेरि देखियो समूहमा कोरोना संक्रमण

दक्षिण कोरियामा फेरि देखियो समूहमा कोरोना संक्रमण

जीवन खत्री
बैशाख २८, २०७७ आइतबार १२:१०,

कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक संक्रमण भएको देखिएको हो। आइतबार ३४ नयाँ संक्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ। यो संख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो।

अन्दाजी २९ वर्षीय एक कोरोना संक्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट संक्रमण शुरु भएको हो। उक्त संक्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको संसर्गमा पुगेका दुई हजार जना बढीमा पनि संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ। त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।

यसरी कोरोना भाइरसको सामूहिक संक्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ। साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ। हालसम्म लकडाउन नगरेरै कोरोना संक्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad