आज आइतबार, १० फागुन २०८२ (२२ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: साथीभाइको सहयोगले हिम्मत बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। अलंकार वा उपहार प्राप्तिको सम्भावना छ। आजको मन्त्र–म बहानाभन्दा जिम्मेवार बन्छु।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गरेर काम सुरु गर्ने। उत्तर दिशा नजाने।
वृष: आलस्य त्यागेमा सफलता मिल्नेछ, नत्र काममा अवरोध आउन सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख र खर्च बढ्न सक्छ। आर्थिक दबाबले मन अशान्त रहन सक्छ। आजको मन्त्र– भावनालाई होइन, विवेकलाई सुन्नु।
भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको स्मरण गर्ने। छलकपट नगर्ने।
मिथुन: गोपनीय रूपमा गरिएका कार्यमा सफलता मिल्नेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी सन्तोषजनक रहनेछ। सवारीसाधन लाभको सम्भावना पनि छ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीको स्मरण गर्ने। कालो रङ प्रयोग नगर्ने।
कर्कट: धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। दैनिक कार्यमा क्रमशः प्रगति हुनेछ। आजको मेहनतले भविष्यमा फाइदा पुग्नेछ। साँझतिर केही खर्च बढ्न सक्छ, महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रजसँग सुझाब लिने। दक्षिण दिशा नजाने।
सिंह: मनमा शान्ति छाउनेछ। शुभचिन्तकको साथ र समर्थन प्राप्त हुनेछ। ठूला व्यक्तिबाट प्रशंसा मिल्नेछ। पारिवारिक सुख र रमणीय यात्राको अवसर प्राप्त हुनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको स्मरण गर्ने। हरियो रङ प्रयोग नगर्ने।
कन्या: नयाँ ठाउँमा लगानी त्यति फलदायी नहुन सक्छ। शरीरमा उत्साह कम रहनेछ। व्यक्तिगत खुसीका लागि खर्च बढ्न सक्छ। मध्यान्हपछि शुभ समाचार सुन्न पाइने सम्भावना छ। आजको मन्त्र– म आफूलाई अझ राम्रो बनाउँछु।
भाग्यशाली रङ घ्यू र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानको स्मरण गर्ने। अखाद्य वस्तु सेवन नगर्ने।
तुला: लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। विदेशसम्बन्धी कार्यमा प्रगति हुनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। जीवनसाथीको सल्लाह लाभदायक हुनेछ।
भाग्यशाली रङ घ्यू र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ और सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको स्मरण गर्ने। झुट नबोल्ने।
वृश्चिक: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव दिलाउनेछ। मनमा उत्साह छाउनेछ। नयाँ लगानी र आर्थिक वृद्धिको सम्भावना छ। व्यावसायिक क्षेत्रमा राम्रो प्रगति हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: न्यायिक तथा प्राविधिक क्षेत्रमा सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ। प्रेम सम्बन्धका लागि अनुकूल समय छ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गर्ने। खरानी रङ प्रयोग नगर्ने।
मकर: झुटा आरोपका कारण समस्या आउन सक्छ। नयाँ योजना कार्यान्वयनमा कठिनाइ पर्न सक्छ। तर राजनीति र समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ।
भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गर्ने। खैरो रङ प्रयोग नगर्ने।
कुम्भ: चिन्ता कम भएर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागिता हुनेछ। पुराना समस्या समाधान हुनेछन्। नजिकको व्यक्तिको सहयोगले काम सफल हुनेछ, यद्यपि केही खर्च हुन सक्छ।
भाग्यशाली रङ निलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको स्मरण गर्ने। सेतो रङ प्रयोग नगर्ने।
मीन: परोपकारमा लगानी गर्ने समय छ। उत्साहजनक दिन रहनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ।
भाग्यशाली रङ पर्पल र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गर्ने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया