जेनजी आन्दोलनमा घाइते भएकाहरूले सूचीकरणका लागि फागुन १५ गतेसम्म निवेदन दिने म्याद थप भएको छ।
जेनजी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको बैठकले १५ दिन म्याद थप्ने नियर्णय गरेको हो। फागुन १ देखि लागू हुने गरी १५ दिन म्याद थप्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन्।
सरकारले जेनजी आन्दोलनका घाइतको सूचीकरण र वर्गीकरणका लागि समिति बनाएको छ। समितिले पटकपटक म्याद थपेर सूचना जारी गर्दा पनि सबै घाइतेले निवेदन दिएका छैनन्।
त्यसैले अन्तिम पटकका लागि फागुन १५ गतेसम्मको समय थपिएको जनाइएको छ। यो अवधिभित्र उपचार गरेका सम्पूर्ण विवरण पठाउन जेनजी आन्दोलनका घाइतेलाई समितिले आग्रह गरेको छ।

54
Shares

प्रतिक्रिया