समाज


रौतहटका सीडीओलाई प्रश्न: सेना नै परिचालन गर्नुपर्ने अवस्था कसरी आयो? (अन्तर्वार्ता)

रौतहटका सीडीओलाई प्रश्न: सेना नै परिचालन गर्नुपर्ने अवस्था कसरी आयो? (अन्तर्वार्ता)

रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाल


नेपालखबर
फागुन ९, २०८२ शनिबार १५:५१, काठमाडौँ

रौतहटको तनावलाई साम्य पार्न जिल्ला प्रशासनले एकीकृत सुरक्षा संयन्त्रको रणनीति अख्तियार गरेको छ। शनिबार १ बजेदेखि कर्फ्यू जारी भएसँगै जनजीवन सामान्य बन्दै गएको र प्रहरीले हुलदङ्गा गर्नेहरूलाई कडा निगरानीमा राखेको छ। 

हिजो राति नै सहमति भइसकेको विषयमा आज पुनः विवाद बल्झिएपछि स्थिति नियन्त्रणमा लिन १८-१९ जना पक्राउ परेका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालसँग नेपालखबरले गरेकाे कुराकानी:

अहिले रौतहटको अवस्था कस्तो छ?
दुई घण्टा भयो, कर्फ्यु आदेश जारी भएको छ। त्यसपछि अवस्था सामान्य बन्दै गएको छ। 

कर्फ्यु लागेकै समयमा पनि आगजनी भइरहेको हो?

आगजनी गर्ने, हुलहुज्जत गर्ने १८-१९ जना पक्राउ परिसकेका छन्।

नेपाली सेना किन परिचालन गर्नु परेको हो?
निर्वाचन सुरक्षाका लागि सेना पहिलैदेखि खटिएको छ नि। स्थिति सम्वेदनशील बनेपछि जिम्मेवारी छुट्याएर पठाइएको हो।

कसलाई के जिम्मेवारी दिनुभएको छ?
मुख्यत शान्ति सुरक्षाकै कुरा हो। नेपाली सेना मन्दिर, मस्जिद, महत्त्पूर्ण सरकारी भवनको रक्षामा छ। प्रहरीहरू हुलदङ्गा, आगजनी रोक्नेतर्फ छन्।

यो तनावको खास कारण के हो?
आज भएको तनाव सम्वेदनशील छ तर यो हिजैबाट सुरु भएको हो। अहिले मुस्लिम धर्मावलम्बीको रमजान चलिरहेछ। मस्जिद नजिक भइरहेको विवाहमा डिजेले ठूलो आवाजमा गीत बजाएको भनेर विवाद उत्पन्न भएको रहेछ। हामीले अबेर रातिसम्म बसेर त्यसलाई साम्य पार्‍यौँ। दुवै पक्ष हात मिलाएर उठेका थिए फेरि आज त्यही विवाद बल्झेको हो। 

साम्य भइसकेको विवाद फेरि उठ्दा कसैको घुसपैठ पो भयो कि? 
विवाद लामो समयसम्म रहँदा अरु तुस पनि निस्किन थाले होलान्। बाहिरबाट कसैले उक्साएका हुन् कि भन्ने कुरामा अनुसन्धान हुन्छ। अहिलेसम्म त्यस्तो देखिएको छैन, स्थिति नियन्त्रणमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad