समाज


गौरको ‘ग्राउन्ड’मा नेपाली सेना, कर्फ्यु लगाउँदा पनि रोकिएन आगजनी

गौरको ‘ग्राउन्ड’मा नेपाली सेना, कर्फ्यु लगाउँदा पनि रोकिएन आगजनी

निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोली


नेपालखबर
फागुन ९, २०८२ शनिबार १४:५७, काठमाडौँ

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान लागेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरेको छ।

नेपाली सेनाको उपस्थितिपछि गौरका मुख्य सडक र चोकहरू सुनसान र शान्त देखिएका छन्। यद्यपि, सुरक्षा घेराभन्दा बाहिर रहेका भित्री बस्ती र गल्लीहरूमा भने छिटपुट आगजनीका घटना अझै रोकिएका छैनन्। कर्फ्यु र सेनाको गस्तीका बीच गौर नगरपालिका-४ स्थित मचकुटिया टोलमा भर्खरै एउटा स्कुटरमा आगजनी भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सेनाको टोलीले संवेदनशील क्षेत्रमा ‘फ्ल्याग मार्च’ र गस्ती गरिरहेको छ। हालसम्म प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिप जलाएका छन्।

नेपाली सेनाले स्थितिलाई थप भड्किन नदिन र सर्वसाधारणको धनजनको सुरक्षाका लागि भित्री इलाकामा पनि निगरानी बढाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले भने, ‘दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। स्थिति थप भयावह हुन नदिन सुरक्षाका सबै संयन्त्र परिचालन गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad