समाज


भारतको विरोधमा प्रदर्शन उत्रिएका २५ जना पक्राउ

भारतको विरोधमा प्रदर्शन उत्रिएका २५ जना पक्राउ

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १०:३१,

भारतले नेपाली भूमि मिचेर लिपुलेकमा सडक निर्माण गरेको भन्दै राजधानीमा विरोध प्रदर्शन गर्ने २५ जना पक्राउ परेका छन्।

संसद भवन अगाडि प्रदर्शन गर्ने १० जनालाई पक्राउ गरिएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

यस्तै थापाथली र माइतीघरबाट १५ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई नगरप्रहरी कार्यालयमा राखिएको छ। उनीहरुलाई लिपुलेकको विरोध गरेको कारण नभइ लकडाउनको समयमा भीडभाड गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धेरैजसो सञरुढ दल नेपाल कम्युनिजस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका नेताहरु भएको बताए।

यसअघि शनिबार पनि ४० जना प्रदर्शैनकारी पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad