किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट एक युवक पक्राउ परेका छन्।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर भएका २० वर्षीय सिलाश लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीले लिम्बूलाई बुधबार राति पक्राउ गरेर हिरासतमा राखेको छ।
लिम्बूले किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि बाँझो प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यो घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
54
Shares

प्रतिक्रिया