समाज


अफगानिस्तानमा पहुँचका आधारमा राहत वितरण भएको भन्दै प्रदर्शन हुँदा ७ को मृत्यु

अफगानिस्तानमा पहुँचका आधारमा राहत वितरण भएको भन्दै प्रदर्शन हुँदा ७ को मृत्यु

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १०:३,

राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री वितरण भएकोभन्दै विरोध प्रदर्शन भएको थियो। सो क्रममा झडप हुँदा सातको मृत्यु हुँदा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए। तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताए।

प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए। प्रवक्ता अबरले भने सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरेका छन्।

मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad