समाज


उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

नेपालखबर
फागुन ७, २०८२ बिहिबार २०:११, काठमाडौँ

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।

भेटिएका सवारीसाधन अधिकांश काठमाडौँ उपत्यका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको उनले भने।

चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको छ।

कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad