कोरोना पुष्टि भएका यी पाइलटले गत अप्रिल १८ मा चीनको ग्वाङजाउबाट एयर इन्डिया विमानमा स्वास्थ्य सामग्रीहरु भारत ल्याएका थिए।
लकडाउनको समयमा एयर इन्डियाको विमान व्यापारिक प्रयोजनका लागि अत्यधिक प्रयोग भएको छ। यस एयरलाइन्सको विमान चीनको सांघाइ र हङकङमा पनि पुगेको छ।
एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई फिर्ता ल्याउनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।
शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा कोरोनाको संक्रमण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया