समाज


खुकुरी प्रहार गरी धादिङमा प्रिन्सिपलको हत्या, एक जना पक्राउ

खुकुरी प्रहार गरी धादिङमा प्रिन्सिपलको हत्या, एक जना पक्राउ

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ८:५६,

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको छ।

शनिबार गंगा–जमुना एकेडेमीका प्रधानाध्यापक ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीले गुरुङको हत्या आरोपमा छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार पक्राउ गरेको छ।

लकडाउनका कारण विद्यालय बिदा भएकाले गुरुङ घरमै रहेको र  भारी बोकेर घरबाट मिलमा जान लागेको बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

बुढाथोकीको प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धादिङबेँसी लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।

आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन्। उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad