सार्कको आक्रमणबाट अमेरिकी राज्य क्यालिफोर्नियास्थित समुद्रमा एक सर्फरको मृत्यु भएको छ।
शनिबार समुद्रमा सर्फ गरिरहेकै समयमा ती २६ वर्षका व्यक्तिमाथि सार्कले आक्रमण गरेको सीएनएनले जनाएको छ।
स्थानीय समयअनुसार शनिबार साढे १ बजे ती व्यक्ति मनरेसा स्टेट बिच सर्फ गर्नका लागि पुगेका थिए।
क्यालिफोर्निया डिपार्टमेन्ट अफ पार्कस् एन्ड रिक्रियसनका अनुसार सार्कको कुन प्रजातिले आक्रमण गरेको भनेर हालसम्म पत्ता लाग्न सकेको छैन। एजेन्सी

प्रतिक्रिया