समाज


घट्दै चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १० डिग्रीमा उक्लियो

घट्दै चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १० डिग्रीमा उक्लियो

नेपालखबर
फागुन ७, २०८२ बिहिबार ६:१४, काठमाडौँ

हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ। 

यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम १०.० डिग्री सेल्सियस देखिएको हो। 

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। जतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ।  

हिजो (बुधबार) भने काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

यस्तो थियो बुधबारको तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad