समाज


बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ

बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ

तस्बिर: सरोज शाही


नेपालखबर
फागुन ६, २०८२ बुधबार १२:२२, काठमाडौँ

बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ। 

मृतक काभ्रेको धुलिखेल नगरपालिका-८ घर भइ  हाल धुलिखेल नगरपालिका -५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका-६ घर भएका ३२ वर्षका दिपक रोक्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका-७ चाँदनी चोकमा बा.प्र.०२-०६३प ९१८९ नम्बरको स्कुटरलाई बा.प्र.०१-००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो। 

सुरुमा उनको सनाखत हुन सकेको थिएन। पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टले जानकारी दिए।

मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ। 

स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन्। आगजनीको कारण केहीबेर त्यहाँको अवस्था तनाबग्रस्त बनेको थियो। 

स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad