राजनीति


भारतको दादागिरी र चीनको न्यानो सहयोग प्रतिरोध गर्न कांग्रेस तयार छ : गगन थापा

भारतको दादागिरी र चीनको न्यानो सहयोग प्रतिरोध गर्न कांग्रेस तयार छ : गगन थापा

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ६:१२,

नेपाली कांग्रेसका संसद गगनकुमार थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा भएको भ्रमणमाथि प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका हुन्।

‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम ग¥यो?’

भारतले प्रस्ट रुपमा आफूले आफ्नो भूभागमा सडक बनाएका हौँ र संक्रमणपछि छलफल गरौँला भनेर भनिसेको भन्दै सां बनाएको भनेर भनिसकेको भन्दै उनले पश्चताप गरेर बस्ने कि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौ भनेर भन्ने हो भनि प्रश्न समेत गरे।

सांसद थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न कांग्रेस तयार रहेको भन्दै उनले सरकारले कांग्रेसबाट के सहयोगको अपेक्षा गरेको छ भन्ने आफूले जान्न चाहेको बताए।

‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छ’, उनले भने, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ हामी जान्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad