कोरोना भाइरससँग सम्बन्धित एउटा महत्त्वपूर्ण प्रश्न- यसबाट महिलाभन्दा किन पुरुष बढी जोखिममा छन्?
एनएचएस इंग्ल्यान्ड तथा र किंग्स कलेज लन्डनले याे कुरा पत्ता लगाउने प्रयास गर्दैछ।
उक्त कलेजको अनुसन्धान टोलीले यसको जवाफ एस्ट्रोजेन हार्मोनसँग जोडेर अनुसन्धान गरिरहेको छ।
टोलीकी एक सदस्य रजोनिवृत्ति विशेषज्ञ डा. लुइस न्युजनका अनुसार जुन एस्ट्रोजेन हर्माेनले रोगसँग लड्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
अन्वेषकले के पत्ता लगाउने कोसिस गर्दैछन् कि एस्ट्रोजेनले ट्रयाकर अनुप्रयोगका माध्यमबाट प्राप्त जानकारी विस्तार गरेर परिणामलाई असर गर्न सक्षम छ कि छैन?
डा. न्युसन भन्छिन्, ‘महिलामा पुरुषमा भन्दा भाइरससँग लड्न बढी क्षमता हुन्छ र भाइरससँग प्रतिस्पर्धा गर्ने कोषमा एस्ट्रोजेन रिसेप्टर्स हुन्छ।’
जसले एस्ट्रोजेनमा प्रतिक्रिया दिन्छन्। एस्ट्रोजेनले ती कोषलाई अधिक प्रभावकारी बनाउन, तिनकाे संख्या वृद्धि गर्न सक्छ।
एस्ट्रोजेन हार्मोन एक यौन हार्मोन हो जुन महिलामा मात्र हुन्छ। यो हार्मोनले महिलाको प्रजनन प्रणालीको विकासमा मद्दत गर्छ। बीबीसी हिन्दी

प्रतिक्रिया