अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ।
आइतबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार त्यहाँ मृतकको संख्या ८० हजार ३७ पुगेको छ। अमेरिकामा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १४ सय २२ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ संक्रमितको संख्या १३ लाख ४७ हजार भन्दा धेरै पुगेको छ। शनिबार एकै दिन त्यहाँ २५ हजार ५ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा मृतकको संख्या घट्दै गए पनि संक्रमणको दर भने धेरै घटेको छैन।
अमेरिकामा अहिलेसम्म २ लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्।
वर्ल्डओमिटरका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार नाघेको छ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भएको छ। यो आइतबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
गएको २४ घण्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ४२ सय ४८ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ।
शनिबार एकै दिन संसारभर ८८ हजार ९ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म १४ लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्।
संक्रमितमध्ये २३ लाख ८१ हजार भन्दा धेरै उपचारको क्रममा छन्। त्यसमध्ये ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ।
त्यसैगरी शनिबार ब्राजिलमा ६४६, बेलायतमा ३४६, स्पेनमा १७९, इटालीमा १९४, रुसमा १०४, क्यानाडामा १२४, पेरुमा १००, मेक्सिकोमा १९९, फ्रान्समा ८०, इरानमा ४८, टर्कीमा ५० जनाको मृत्यु भएको छ।
त्यसैगरी हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २१ सय नाघेको छ।
६२ हजार ८ सय ८ जना संक्रमित भएका छन्। शनिबार एकै दिन भारतमा ३१ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म १९ हजार ३ सय १ जना उपचारपछि निको भएका छन्। भारतमा ४१ हजार ४ सय ६ जना उपचारको क्रममा छन्।
त्यसैगरी पाकिस्तानमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।
Shares

प्रतिक्रिया