समाज


स्वदेश फर्कनका लागि सुनसरीबाट काठमाडौँ आउँदै गरेका पाकिस्तानीलाई सिन्धुलीबाटै फिर्ता पठाइयो

स्वदेश फर्कनका लागि सुनसरीबाट काठमाडौँ  आउँदै गरेका पाकिस्तानीलाई सिन्धुलीबाटै फिर्ता पठाइयो

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १४:३४,

बीपी राजमार्ग हुँदै माइक्रो बसबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्।

सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो। सुनसरीमा १६ दिन क्वारेन्टिन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको माइक्रोबसलाई आज काठमाडौँ जान दिइएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए। उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए। उनका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौँ हिँडेका हुन्।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ। सुनसरीबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad