समाज


आइतबारदेखि काठमाडौंमा ताेकिएकाे समयभित्र गाडी चलाउन पाइने

आइतबारदेखि काठमाडौंमा ताेकिएकाे समयभित्र गाडी चलाउन पाइने

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १४:४०,

भोलि (आइतबार) देखि काठमाडौं उपत्यकामा तोकिएको समयभित्र गाडी चलाउन पाइने भएको छ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारदेखि समय तालिकाका आधारमा गाडी सञ्चालन गर्न पाइने व्यवस्था गरिएकाे हाे। 

उपत्यकका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन खुला गर्न लागिएको ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

ट्राफिक महाशाखाका अनुसार निर्माण सामग्री बोकेका ठूला टिपर र ट्रक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् भने निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्नुपर्नेछ। बैंकका कर्मचारी दिउँसो साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्नेछ भने अन्य कर्मचारी साँझ ५ देखि ६ बजेसम्म फर्किनुपर्ने नियम तोकिएको छ।

तरकारी, खाद्य सामग्री, फलफूललगायत वस्तु बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने महाशाखाले जनाएको छ। यी गाडी सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने छ। तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने यस्तो पत्र आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिएका छन्।

नेपाल सरकारले खुला गरेका ४४ प्रकारका उत्पादन तथा सेवासँग सम्बन्धित क्षेत्रका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएको ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। ‘त्यसबाहेक अन्य सार्वजनिक सवारीसाधन तथा पास नभएका कुनै पनि गाडी सञ्चलान गर्न पाइने छैन,’ उनले भने।

याे पनि: 

लकडाउन खुकुलो तर बढी भिडभाड हुने स्थानमा थप कडाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad