ad ad

समाज


१४ जिल्लाका ५३०० जनाको स्वाब संकलन गर्न सेना र प्रहरीको टोली हिंड्यो

१४ जिल्लाका ५३०० जनाको स्वाब संकलन गर्न सेना र प्रहरीको टोली हिंड्यो

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १२:४१,

सरकारले कोरोना संक्रमणको जोखिम उच्च रहेका चार वटा प्रदेशका १४ जिल्लाबाट ५३०० जनाको स्वाब संकलन गर्ने योजना अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरेको छ।

सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शुक्रबार वैशाख २६ गते नेपाली सेनाको हवाई साधन तथा गाडीहरूबाट टोली पठाइएको जनाएको छ।

प्रदेश १ को उदयपुर, प्रदेश २ का बारा, पर्सा र रौतहट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, प्रदेश ५ को नवलपरासी पश्चिम, अर्घाखाँची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियातर्फ संयुक्त टोली पठाइएको हो।

सीसीएमसीले १४ जिल्लामा संक्रमणको जोखिम मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परिक्षणका लागि पठाउने कार्यक्रम रहेको जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। अहिलेसम्म संक्रमणका हिसवाले प्रदेश १, प्रदेश २ र प्रदेश ५ बढी जोखिमपूर्ण देखिएका छन्।

नेपालमा कोरोना संक्रमण देखिन थालेयता ठूलो संख्यामा स्वाब संकलनका लागि सेना र प्रहरी टोली खटाइएको यो संभवतः पहिलो पटक हो। 

संक्रमितको संख्या बढिरहेको अवस्थामा सरकारले लकडाउन मात्रै लम्ब्याएको तर ठूलो संख्यामा स्वाब परिक्षण नगरेको टिप्पणी भइरहेका बेला यो टोली पठाइएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .