समाज


चन्द्रागिरि १५ नम्बर वडा कार्यालयले भन्योः अब राहत होइन रोजगारी दिन्छौं, सम्पर्क गर्नुस्

चन्द्रागिरि १५ नम्बर वडा कार्यालयले भन्योः अब राहत होइन रोजगारी दिन्छौं, सम्पर्क गर्नुस्

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ८:९,

काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा कार्यालयले लकडाउनका कारण काम नपाउँदा हातमुख जाेड्नसमेत समस्या परेका आफ्नाे क्षेत्रका नागरिकलाई राहतको सट्टा अब रोजगारी नै दिने भएको छ।

यसअघि त्यस्ता नागरिकलाई वडा कार्यालयले खाद्यान्न राहत दिने गरेको थियो। तर राहत राहत बाँड्ने तथा खाना खुवाउने गर्दा भिडभाड भई झन् कोरोना संक्रमण फैलिने जोखिम बढेकाले बरु त्यस्ता गरिब नागरिकलाई कामकै व्यवस्था गर्ने निर्णय गरिएको चन्द्रागिरि नगरपालिका १५ नम्बर वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष उत्तमबहादुर राउतद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्र स्थायी/अस्थायी रूपमा बसोबास गर्ने दैनिक ज्यालामजदुरी गर्ने परिवारका एक सदस्यलाई काम दिइने उल्लेख छ। 

वडाध्यक्ष राउतले निकालेको सूचनामा भनिएको छ- ‘लकडाउनका बेला आयआर्जन नहुँदा हातमुख जोर्ने समस्या सिर्जना भएको छ, उहाँहरूलाई भिडभाड गरी राहत बाँड्ने, खाना खुवाउने गर्दा झन् संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले स्वाभिमान पनि उठ्ने गरी वडा कार्यालयले समस्याग्रस्त परिवारको एक सदस्यलाई कामको प्रबन्ध गरेको हुँदा वडा कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad