समाज


काठमाडौँ : न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा उक्लिँदा अधिकतम कति?

काठमाडौँ : न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा उक्लिँदा अधिकतम कति?

नेपालखबर
माघ २५, २०८२ आइतबार २१:१५, काठमाडौँ

दुई दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार बढिरहेको छ। 

यस क्रममा आज (आइतबार) काठमाडौँको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा उक्लिएको छ। 

यसअघि शुक्रबार ५.६ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार बढेर ६.९ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँको न्यूनतम तापक्रम अझ माथि झन्डै ९ (८.८) डिग्री सेल्सियसमा उक्लिएको हो। 

आज काठमाडौँको अधिकतम तापक्रम भने १९.८ डिग्री सेल्सियस छ। हिजो (शनिबार) १९.१ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार जाडो याम (विन्टर) अन्त्यतिर पुग्दा काठमाडौँसहित देशभर नै तापक्रम बिस्तारै बढ्दो क्रममा छ। 

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad