आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) कै हाराहारीमा देखिएको छ। नगण्य मात्र बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस छ।
हिजो (सोमबार) काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् तापक्रम विवरण (नोट : न्यूनतम मात्र आजका हुन् भने अधिकतम हिजोका)

यो पनि : आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना, सजग रहन सुझाव
Shares

प्रतिक्रिया