जल तथा मौसम विज्ञान विभागले मंगलबार अर्थात् माघ २० गते देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिमपात तथा वर्षा हुने सम्भावना देखिएको हो।
यस्तै लुम्बिनी, बागमती र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
त्यसैगरी मंगलबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि एक-दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौमिवद् पौडेलले बताएका छन्।
उनका अनुसार यसपटकको प्रणाली गत हप्ताको जति बलियो नभएकाले त्यसबेलाभन्दा कमै वर्षा तथा हिमपात हुने अनुमान छ।
माघ २१ गतेदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना देखिएको जानकारी उनले दिएका छन्।
भिडिओ
Shares

प्रतिक्रिया