कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना डिस्चार्ज भएका छन्।
उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारपछि निको भएर घर फर्कने ७ नेपाली र एक जना भारतीय नागरिकलाई विदाइ गरेका हुन्।
यसअघि गएको बुधबार ६ जना भारतीय नागरिक पनि कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए। शुक्रबार ८ जना फर्केपछि अब प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पताल उपचाररत छन्।
योसँगै देशभर जम्मा संक्रमित १०१ मध्ये निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ। तीन जना निको भएका व्यक्तिमा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्।
प्रतिक्रिया