ad ad

समाज


मेयर शाक्यले गरे पचासौँ पटक रक्तदान

मेयर शाक्यले गरे पचासौँ पटक रक्तदान

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १४:२७,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गरेका छन्।

यस अघि ४९ पटक रक्तदान गरेका प्रमुख शाक्यले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा ५० औँ पटक रक्तदान गरेका हुन्। ‘यो क्लवको स्थापना भएदेखि नै हरेक वर्ष रक्तदान गर्दै आएको छु।

यो मेरो ५० औँ पटकको रक्तदान हो’ उक्त वडाका स्थानीय वासिन्दा समेत रहेका शाक्यलेभने, ‘क्लवले ०४४ सालदेखि नियमित रक्तदान गर्दै आएको छ। अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो।’

उनले सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को रोकथामका लागि चैत ११ देखि लागू गरेको लकडाउन अहिले पनि जारी रहेको भन्दै लकडाउनका बेला रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको बताए।

कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .