ad ad

समाज


भारतमा रासायनिक ग्यास चुहावट अपडेटः कम्तीमा १३ काे मृत्यु , ८६ को अवस्था गम्भीर

भारतमा रासायनिक ग्यास चुहावट अपडेटः कम्तीमा १३ काे मृत्यु , ८६ को अवस्था गम्भीर

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १४:२८,

भारतको आन्ध्र प्रदेश राज्यअन्तर्गत विशाखापटनमस्थित रासायनिक उद्योगमा बिहीबार बिहान ग्यास चुहावट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। ग्यासकाे असरले ४ सय जना बिरामी भएका छन्, जसमध्ये ८६ काे अवस्था गम्भीर छ। 

यसअघि बिहान ८ जनाको मृत्यु भएको जनाइएको थियो।

बीबीसी हिन्दीका अनुसार ग्यासले निसास्सिएर ४ सय जनाजति बिरामी भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ भने तीमध्ये गम्भीर अवस्थाका ८६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

घटनास्थल वरपरका पाँच गाउँ खाली गरेर १५ सय स्थानीयलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

उद्योगबाट तीन किलोमिटर आसपाससम्म ग्यासको राग फैलिँदा धेरै मानिसलाई आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारीका अनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो सामान्यतया रेफ्रिजरेटरमा राख्ने गरिन्छ। याे ग्यास हल्का पहेँलो र प्रज्ज्वलनशील हुन्छ।

पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ। यी तत्वबाट खानेकुरा राख्ने भाँडा, सामान पोको पार्न प्लाष्टिक, कृत्रिम मार्बल, भुईँमा ओच्छ्याउने वस्तु, फर्निचरलगायत बनाउन सकिन्छ।

अधिकारीहरूका अनुसार घटना हुनुकाे कारण पत्ता लागेकाे छैन। त्यसका लागि सरकारले छानबिन समिति गठन गरेकाे छ र अनुसन्धान भइरहेकाे छ।   

याे पनि: 

भारतमा रासायनिक ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु, पाँच गाउँ खाली गराइयो

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .