यतिबेला (सोमबार बिहान) तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ भने पहाडी भेगमा मौसम मुख्यतया सफा तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराई भूभागका केही स्थानमा मध्याह्नसम्मै हुस्सु/कुहिरो रहनेछ भने दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा मौसम साधारणतया बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदली हुनेछ।
यस क्रममा राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
66
Shares

प्रतिक्रिया