समाज


थप तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

थप तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
माघ १२, २०८२ सोमबार ६:३०, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको हो।

हिजो (आइतबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे थोरै घटेर ४.२ डिग्री सेल्सियस कायम भएको थियो। 

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला सुरुवाती मापनमा भन्दा काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यस हिसाबले आज काठमाडौँको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। 

आइतबार यस्तो थियो देशभरको तापक्रम विवरण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad