समाज


सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता

सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता

नेपालखबर
माघ ११, २०८२ आइतबार २१:४९, तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। जाल हान्ने क्रममा चिप्लिएर उनी भूमरीमा परी बेपत्ता भएका थिए।

स्थानीयले खोजतलास गर्दा फेला पार्न नसकेको प्रहरीमा जानकारी प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय भीमादबाट प्रहरी टोली खटिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad