समाज


तीन दिनदेखि सम्पर्कविहीन प्रहरी मृत भेटिए, मोबाइलको 'लक' नखुल्दा खुलेन रहस्य

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी मृत भेटिए, मोबाइलको 'लक' नखुल्दा खुलेन रहस्य

नेपालखबर
माघ ११, २०८२ आइतबार ११:४, काठमाडौँ

दाङमा तीन दिनदेखि बेपत्ता भएका एक प्रहरी जवान आइतबार जंगलमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरि जिसी घोराही-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर कार्यालयबाट निस्किएका थिए। उनी कार्यालयबाट निस्किएपछि तीन दिनदेखि सम्पर्कविहीन थिए।

खोजतलासका क्रममा उनी सवार स्कुटी र उनको शव फेला परेका हुन्। 

घटना अनुसन्धान गरिरहेको प्रहरीले जिसीको मृत्युको रहस्य पत्ता लगाउन उनको मोबाइललाई मुख्य कडी मानेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार शव पोस्टमार्टम भइसकेको छ।

'हामीले पोस्टमार्टम गरिसकेका छौँ,' जिप्रका स्रोतले नेपालखबरसँग भन्यो, 'जिसीको मोबाइल अहिले लक छ, त्यो खुल्नेबित्तिकै मृत्युको वास्तविक कारणबारे थप विवरण खुल्नेछ।'

उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचार भइरहेको थियो।

बुबाको अवस्था गम्भीर रहेकाले घर जान बिदा मागेका थिए। बिदा नपाएपछि उनी तनावमा रहेको स्रोतको दाबी छ। 

प्रहरीले भने यसबारेमा मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट आएपछि मात्रै आधिकारिक जानकारी थाहा हुने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad