२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डको आवेदन खुला गरिएको छ।
रोटरी क्लव नेपालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो।
सो अवार्डका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरूमा रहेका १६३ वटा क्लवहरूबाट सो आवेदनका फारम प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले बताए।
उनले भने,‘यस पुरस्कारका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरुबाट सो आवेदनका फारमहरु प्राप्त गर्न र बुझाउन सकिनेछ। आवेदन फारम भर्ने÷बुझाउने अन्तिम मिति यही माघ २२ गतेसम्म रहेको छ।’
पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेको, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखाएको, अरुलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरुले सो अवार्डका लागि आवेदन दिन सकिनेछ।
सन् २०१० सालमा १० लाखको राशीबाट सुरु गरिएको सो अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८ औं डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिएको रोटरी क्लवले जनाएको छ।
Shares

प्रतिक्रिया