मोरङ र गोरखामा दुई जनाको शव फेला परेको छ।
मोरङको केराबारी गाँउपालिका-५ स्थित सालघारी सामुदायिक वनमा पहिचान नभएका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
करिब ४५ वर्षीय ती पुरुषको नाम, थर र वतन खुलेको छैन।
त्यसैगरि गोरखाको बारपाक सुलिकोट गाउँपालिका- ७ बालुवा बस्ने ३० वर्षीय कुमार सार्कीको पनि शव फेला परेको छ।
सोही गाउँपालिका-७ जुगेपानी भिर नजिकै खोल्सोमा बुधबार उनको शव फेला परेको प्रहरीले जनाएको छ। यी दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
63
Shares

प्रतिक्रिया