समाज


स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

नेपालखबर
माघ ७, २०८२ बुधबार १६:३८, काठमाडौँ

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन थियो। 

बिमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ। डा. पौडेल मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन्। 

सरकारी अस्पताललाई भुक्तानी गर्ने रकम रोकेर निजीलाई मात्र दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि डा. काफ्लेले पदबाट राजीनामा दिएका थिए। सेवा प्रदायक अस्पतालहरूलाई ११ अर्ब रकम भुक्तानी गर्न बाँकी छ। 

सरकारले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका थिए। स्वास्थ्य मन्त्रालयले भने उनीसँग स्पष्टीकरण माग्ने तयारी गरेको थियो। सरकारले उपलब्ध गराएको रकमबाट निजी अस्पतालको मात्र भुक्तानी गरेको उनलाई आरोप लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad