भारतको महाराष्ट्र राज्यमा मात्रै लकडाउन उल्लंघन गर्ने १८ हजार जना पक्राउ परेका छन्।
केन्द्रीय मन्त्रालयले १८ हजार ७ सय २२ जना व्यक्ति र ५३ हजार ७१ यातायातका साधन नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउन उलंघन गर्नेहरूलाई जरिवाना तिराउँदा झण्डै ३ करोड भारतीय रुपैया रजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ।
प्रदेशभरी गरेर २ लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टिनमा रहेको र ६ सय ४२ जनाले क्वारेन्टिनसम्बन्धी नियम उल्लंघन गरेको वक्तव्यमा लेखिएको छ। क्वारेन्टिानको वा लकडाउनको नियम उल्लंघन गर्नेहरूका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। प्रहरीले अन्य कुनै गुनासो वा समस्या भए पनि फोन गरेर जानकारी दिन सकिने जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया