सरकारले लकडाउनको अवधि बढाएपनि केही खुकुलो गरेको छ। उद्योगधन्दा, तथा बैंक, वित्तीय संस्था लगायत उत्पादनमूलक क्षेत्रलाई सरकारले खुकुलो गरिएको तर बढी भिडभाड हुने स्थानलाई भने अर्को सूचना नभएसम्म बन्द राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु बिक्री गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भिड हुने क्षेत्रहरु अर्को सूचना जारी नभएका सम्मका लागि बन्द नै राख्ने निर्णय गरेको हो।
सरकारले उद्योगधन्दा तथा कलकारखानाहरु भने स्वास्थ्यलाई ख्याल गर्दै वैशाख २६ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ।
यस्तै, इन्टरनेट, वर्कप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि सरकारले गरेको छ। सिमानाका खुला नभएपनि खाद्यान्न लगायत अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन हुनेछन्।
सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको थियो।
सबै उद्योग-धन्दा र बैंक तथा वित्तीय कम्पनी सञ्चालन गर्न दिने सरकारको निर्णय
Shares

प्रतिक्रिया