राजनीति


कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल

कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १५:२७,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड १९) भाइरस विश्वका लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रपले संयुक्त आयोजना गरेको नेपाल चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन सरकार र चिनियाँ स्वास्थ्यकर्मीको कडा मिहिनेतले न्यूनतम क्षतिमा ठूलो ज्ञान र अनुभव प्राप्त गरेको बताए।

महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वको लागि उपयोगी हुने मन्त्री ढकालले विश्वास ब्यक्त गरे। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले कोभिड १९को महामारी समस्त मानव जातिको साझा त्रासको विषय बनेको उल्लेख गर्दै आपसी समन्वय र सहयोगबाट मात्रै कोभिड विरुद्ध लड्न शक्ति मिल्ने बताइन्।

पहाड र नदीहरुले जोडिएको नेपाल र चीनले महामारीको समना गर्न प्रदर्शन गरेको ऐक्यबद्धता र आपसी सहयोगले दुवै देश र जनताबीचको मित्रताको अगाध प्रतिविम्वित भएको स्पष्ट पारिन्। महामारीको रोकथाम र नियन्त्रणमा नेपाल सरकारले चालेको कडा कदमको प्रशंसा गर्दै त्यसले नेपालमा सकरात्मक नतिजा देखिएको राजदूत हौले उल्लेख गरिन्।

नेपालको तर्फबाट मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिफ कन्सल्ट्यान्ट फिजिसियन डा. अनुप बास्तोला तथा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले चिनियाँ चिकित्सकहरुसँग कोभिडसँग सम्बन्धित जिज्ञाशा राखेका थिए।

वीपी कोइराला स्मृति क्यान्सर अस्पतालका चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. लिउ लिउ, चीनबाट डा. चाङ्ग सिन ल्याङ्ग, डा. याङ्ग नान, डा. वाङ्ग फैलगायतले कोभिडको उपचार र महामारी नियन्त्रणमा प्राप्त गरेको अनुभव एवम् नेपाली विज्ञहरुबाट प्राप्त जिज्ञाशाको जवाफ दिएका थिए।

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना सेन्ट्रल टेलिभिजन, चाइना रेडियो इन्टरनेशनललगायतका चिनियाँ संचार माध्यम तथा नेपालको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभ पेजमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad