समाज


घट्दै छ चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लियो

घट्दै छ चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लियो

नेपालखबर
माघ ५, २०८२ सोमबार ६:३१, काठमाडौँ

काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।

माघ लागेयता बिस्तारै चिसो घट्दो र तापक्रम बढ्दो छ।

हिजो (आइतबार) काठमाडौँको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस थियो। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँ न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा थोरै घट्ने सम्भावना हुन्छ।

पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ देखि बढ्दै बढ्दै गएको हो। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो। 

आइतबार यस्तो थियो तापक्रम सूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad