राजनीति


जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा, बिहानै जानकी मन्दिरमा दर्शन

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा, बिहानै जानकी मन्दिरमा दर्शन

नेपालखबर
माघ ५, २०८२ सोमबार ७:२१, जनकपुरधाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्।

पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार बिहान करीब ७ बजे जानकी मन्दिरमा पुगेर पूजापाठ र आरती दर्शन गरेका हुन्। 

रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको जनसभालाई सम्बोधन गर्न आइतबार साँझ जनकपुर पुगेका शाहले आज बिहान पूर्वसांसद डा.अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन्।

बालेन जानकी मन्दिरमा पुग्दा रास्वपाका हजारौँ नेता कार्यकर्ताको उपस्थिति थियो। त्यसक्रममा बालेन र अमरेश दुवैले सँगै बसेर आरती अवलोकन गरेका थिए। 

पूजापाठपछि उनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उतराधिकार महन्थ रामरोशन दाससँ भेटघाट गरेका छन्।

त्यसपछि बालेन मधेश आन्दोलनको स्मृतिमा मनाइने बलिदानी दिवसको अबसरमा आयोजित बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन्।

लहानमा उनले मधेश आन्दोलनका प्रथम सहिद रोश महतोको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। 

लहानबाट जनकपुर फर्केपछि बालेनले आज दिउँसो १ बजे रास्वपाले जनकपुरधामको तिरहुतिया गाछिमा आयोजना गर्ने सभालाई सम्बोधन गर्नेछन्। 

सोही कार्यक्रममा पूर्व कांग्रेस नेतासमेत रहेका सिंह रास्वपा प्रवेश गर्ने कार्यक्रमसमेत छ।  सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad