सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी सुशीला घिसिङलाई आगो लगाई हत्या गरेको आरोपमा पक्राउ परेका आमाछोरीलाई जिल्ला अदालत सिन्धुलीले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
गएको पुस ६ गते ३२ वर्षीया सुशीलाको आगोमा जलेर मृत्यु भएको थियो।
उनलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा सुशीलाकी सासु मायारानी बम्जन र नन्द मिना लामालाई प्रहरीले त्यतिबेलै पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो।
आइतबार जिल्ला अदालत सिन्धुलीले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
‘मलाई मार्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको हत्या
591
Shares

प्रतिक्रिया