रौतहटमा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो।
गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको थियो।
दुर्घटनामा भारतको विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका रमेश पासवानको प्रादेशिक अस्पताल गौरमा उपचार सम्भव नभएपछि बाराको एसएस न्यूरो अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार दुवैले मदिरा सेवन गरेर अत्यधिक तीव्र गतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको हो।
Shares

प्रतिक्रिया