नेपाली कांग्रेसका सभापति गगन थापासहितलाई विपक्षी बनाउँदै निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापाको कार्यसमितिलाई वैधानिकता प्रदान गरेपछि देउवा समूहले सर्वोच्च गुहारेको हो। शेरबहादुर देउवा र पूर्णबहादुर खड्का समेतको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरिसकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता गरेको र ६ गतेलाई पेसी तोकिएको बताए। रिटमा निर्वाचन आयोग, गगन कुमार थापा, विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस कार्य समिति (गगन थापा सभापति भएको) लाई विपक्षी बनाइएको छ।
निवेदनमा मुख्यगरी तीन वटा माग गरिएको छ। सर्वोच्चका प्रवक्ता कोइरालाका अनुसार-अवैधानिक रुपमा विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई भंग गर्नुपर्ने, ६ गतेको प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी मनोनयन रोक्नु पर्ने र यदि मनोनयन भइसकेको भए स्थगित गरेर मनोनयनका लागि अर्को मिति घोषणा गर्नु पर्ने माग गरेका छन्।
यस्तै गगन थापा नेतृत्वको कार्यसमतिलाई मान्यता दिने आयोगको निर्णय बदर गर्न पनि रिटमा माग गरिएको छ।
Shares

प्रतिक्रिया