अछामको मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति चिर्पट प्रहार गरी दुई जनाको हत्या भएको छ।
स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्।
उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए।
ससुरा छोरीको घरमा गएका बेला घटना घटेको हो। आक्रमण हुन थालेपछि उनकी श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट भएको छ। उनले भागेर ज्यान जोगाएकी छन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।
पिरमकुमार बोल्न नसक्ने व्यक्ति भएका स्थानीयले बताएका छन्।
प्रतिक्रिया