ad ad

समाज


तपाईंकै मोवाइलमा आउँछ अब बाढी पहिरो जाने सूचना

तपाईंकै मोवाइलमा आउँछ अब बाढी पहिरो जाने सूचना

नेपालखबर
असार २५, २०७६ बुधबार १:३५,

देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले पूर्वजानकारी दिन थालेको छ।

टेलिकमले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ।

टेलिकमले यो साता मुलुकभरका प्रायः सबै नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ।

पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यससम्बन्धी पूर्वजानकारी उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद्सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिन्छ।

जसअनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ।

यसका लागि टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ।

विभागले ११५५ कोडको प्रयोग गरी विशेषगरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत सन्देश (बुल्क एसएमएस) मार्फत आवश्यक जानकारी पठाउने गर्छ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .