नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ।
मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए। रासस
225
Shares

प्रतिक्रिया