समाज


यूएईकामा पढ्न पठाइदिने भन्दै ८ देखि २२ लाखसम्म ठगी, पाँचजना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईकामा पढ्न पठाइदिने भन्दै ८ देखि २२ लाखसम्म ठगी, पाँचजना कन्सल्टेन्सी सञ्चालक पक्राउ

नेपालखबर
पुस ३०, २०८२ बुधबार २१:११, काठमाडौँ

यूएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भनि रकम लिई ठगी गर्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विभिन्न कन्सल्टेन्सीका पाँचजना सञ्चालक रहेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका-६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका ३१ स्थित वेस्ट पाथ एजुकेसन प्रालि का सञ्चालक वर्ष २९ को कृष्ण थापा, कपिलवस्तु साविक महेन्द्रकोट गाविस वडा नं. १ हाल परिवर्तित बुद्धभूमि नगरपालिका ४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगर ७ नारायण गोपाल चोक स्थित मर्करी एजुकेसन कन्सल्टेन्सी प्रालिको सञ्चालक रामचन्द्र टन्डन, काठमाडौँ ३१ स्थित सिटीहब एजुकेसन नेटवर्क प्रालिका सञ्चालक वर्ष ३१ को सुवाश सिलवाल क्षेत्री, दार्चुला साविक लाली गाविस वडा नं.८ हाल परिवर्तित लेकम गाउँपालिका २ स्थायी ठेगाना भई हाल काठमाडौँ २ लाजिम्पाट स्थित कान्तिपुर एबरोड कन्सल्टेन्सी प्रालिका सञ्चालक वर्ष ४८ को हेम राज भट्ट र सिन्धुपाल्चोक साविक राम्चे गाविस वडा नं. ६ हाल परिवर्तित बाह्रबिसे नगरपालिका ९ स्थायी ठेगाना भई हाल काठमाडौँ २ लाजिम्पाट स्थित कान्तिपुर एबरोड कन्सल्टेन्सी प्रालिका सञ्चालक वर्ष ४८ को दामोदर ढकाल पक्राउ परेका छन्।

उनीहरूले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिलका लागि फ्रान्स तथा अष्ट्रेलिया लगायत मुलुकका युनिभर्सिटीहरूबाट मान्यता प्राप्त यूएईमा रहेका कलेजमा क्रेडिट ट्रान्सफर समेत हुने एकेडेमिक कोर्स अध्ययनका लागि भनी झुक्यानमा पार्ने गरेको पाइएको छ।

यूएईका सबै शैक्षिक संस्थाहरूलाई अनुमति दिने उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय एमओएचईआरएस/ कमिसन फर एकेडेमिक एक्रिडिटेसन (सीसीए) बाट समेत स्वीकृति नलिएको ट्रेनिङ इन्स्टिच्युटहरूमा लगी प्रति व्यक्ति ८ लाख देखि २२ लाख रकम लिई मुलुकी अपराध संहिता, २०७४, ठगी सम्बन्धी कसूर गरेको प्रहरीको भनाई छ।

पीडितहरू मध्ये हालसम्म दिएको १३ जनाको जाहेरी दरखास्तको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आज उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad