आज (आइतबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो।
यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ।
हिजो (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
शनिबार यस्तो थियो तापक्रम सूची

Shares

प्रतिक्रिया