डडेल्धुरामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ।
परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा परी दुवै गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँनासाथ डाक्टरले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइैबाँधेतर्फ जाँदै गरेको से.२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार भएका छन्।। उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया