निको भएर घर गएका दुई जनामा फेरि काेराेना संक्रमण देखिएकाे छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार रौतहटका एक युवक र एक भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखापरेकाे हाे।
वीरगन्जकाे छपकैयास्थित मस्जिदमा बसेका एक जमाती र भारतबाट फर्किएका रौतहटका युवकमा काेराेना दाेहाेरिएकाे हाे।
यसअघि क्रमशः चैत ३० र वैशाख १ गते उनीहरूलाई कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। त्यसपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरी निको भयो भनेर वैशाख १४ गते घर पठाइएको थियो।
तर पुनः स्वास्थ्य समस्या देखिएपछि दुवैलाई वैशाख २१ गते फेरि अस्पताल ल्याइएको हो।
हाल आइसाेलेसनमा रहेका उनीहरूको स्वाब पुनः परीक्षण गर्दा दुवैमा फेरि कोरोना भाइरस देखिएको हो।

प्रतिक्रिया